सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा न्यौपाने

काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिइएको छ ।

सुदूरपश्चिमको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट हालै सरुवा भएर काठमाडौँ आउनुभएका न्यौपानेलाई आज प्रवक्ताको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

यसअघि प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी आफूलाई तोकिएको प्रवक्ता न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ८ : ५१ बजे