काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेसले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेको बताउनुभएको छ ।
संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै सापकोटाले काँग्रेसले असंसदीय व्यवहारदेखाएको भन्दै माफी माग्नुपर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सभ्य हुन आग्रह गर्दा काँग्रेस सांसदहरू दुर्व्यवहारमा उत्रिएका र सभामुखको बाटो छेकेर दुर्व्यवहार गरिएको उहाँको भनाइ छ ।
प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार ९ : ३५ बजे
प्रतिक्रिया