धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ ।
मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबरजस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए ।
कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार ११ : ०१ बजे
प्रतिक्रिया