यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

विकासमा राजनीति गर्नु हुँदैन: उपप्रधानमन्त्री महासेठ

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनु भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । महासेठले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गर्नुभयो।

उहाँले दलका नेताहरूले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभई दलको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गर्नुभयो।

उहाँले वर्तमान सरकारले भौतिक प्रगतिको रूपमा राम्रो उपलब्धि पाउने प्रतिबद्धता जनाउनु भयो ।

उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । महासेठले नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गर्नुभयो।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : २३ बजे