यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले रामेछापको अध्यक्षमा कडरिया

रामेछाप। नेकपा (एमाले) रामेछापको नवौँ जिल्ला अधिवेशन शुक्रबार मन्थलीमा सम्पन्न भएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले बुधबार उद्घाटन गर्नुभएको अधिवेशनले पुरुषोत्तम कडरियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्षमा कडरिया सर्वसम्मत हुनुभएको छ ।

उपाध्यक्षमा होतराज ३ सय १० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उपाध्यक्षका अर्का प्रतिस्पर्धी ध्रुवकुमार कार्कीले २ सय ८७ मत पाउनुभएको छ । त्यस्तै, रमेश कुमार वाग्लेले ४७ र ज्ञानबहादुर खड्काले ३१ मत पाउनुभएको छ ।

सचिवमा प्रकाश कुमारी कार्की सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । उपसचिव खुल्लामा मिलनकुमार घिसिङ ५ सय ९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उपसचिवका अन्य उम्मेदवारहरू दिनेश सुवेदीले १ सय १८ मत पाउनुभएको छ भने राजेन्द्र कुमार कार्कीले ४८ मत पाउनुभएको छ ।

महिला उपसचिवमा मखमली श्रेष्ठ ४ सय ४० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यो पदका अन्य प्रतिस्पर्धी अनिता तामाङ राई, कमला शर्मा क्षेत्री र मञ्जु माया कार्कीले क्रमशः ८०, ७८ र ७७ मत पाउनुभएको छ ।

लेखा कमिटी अध्यक्षमा रामप्रसाद देवकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ । कमिटीको उपाध्यक्ष र सचिवमा तेजबहादुर बोहरा र तिलक कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सुनापति र दोरम्बाको भूगोलबाट आउने सबै सदस्य सर्वसम्मत हुनुभएको छ । अन्य स्थानबाट आउने सदस्य पनि धेरै सर्वसम्मत हुनुभएको थियो ।

एमाले रामेछापले यसपटक जिल्लामा पहिलो पटक विद्युतीय उपकरणबाट मतदान गराएको छ । राम–लक्ष्मण नामक विद्युतीय उपकरणका १८ वटा मेसिन राखेर यस पटक मतदान गराइएको हो । नयाँ प्रविधिको प्रयोगबाट मतदान हुँदा सहभागीसमेत उत्साहित देखिएका थिए ।

कुल ७ सय प्रतिनिधि रहेको मतदान प्रक्रियामा ६ स ७५ मत खसेको थियो ।

निर्वाचित नेताहरूलाई एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, एमाले रामेछापका इञ्चार्ज एवं केन्द्रीय सदस्य गणेश पहाडी, केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेल, केन्द्रीय सदस्य गीता कार्की, प्रदेश सदस्यसहितका नेताहरूले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : ३८ बजे