यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सुदूरपश्चिममा एस अलपत्र ,कोसीमा ‘घर न घाट’

काठमाडौँ। फागुन २१ गते समीकरण परिवर्तन अनुसार फेरिएका  प्रदेश सरकारमा नेकपा एसको सहभागिता दयनीय बनेको छ। ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले’ भन्ने नेपाली  भनाई जस्तो व्यवहार  एसमा लागु भएको छ। सो पार्टीले पछिल्लो समय अहिलेको समीकरण भत्काएर काङ्ग्रेससँग  गठबन्धन गर्ने प्रयास गर्दा गदै जसपामा विभाजन आएपछि सो पार्टीको प्रदेश सरकारमा उपस्थिति दयनीय बनेको एक नेताले बताए। 

  भागबन्डा अनुसार एसको भागमा परेको सुदूरपश्चिमका मुख्यमन्त्री समेत सो पार्टीले बल्ल तल्ल हात पारेको छ।  मन काँग्रेस गठबन्धन तिर बनाएपछि यो समीकरणमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई मुख्यमन्त्री हुनै ठुलो कष्ट  ब्यहोर्नु परेको थियो। 

सोडारी विगत लामो समयदेखि विवादमा पर्दै आएको र उनी विरुद्ध अख्तियारले समेत छानबिन गरिरहेकोले उनका  ठाउँमा अर्को व्यक्ति खोज्न एमालेले आग्रह गरेको थियो। तर सो आग्रहलाई  अस्वीकार गर्दै सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले सोडारीलाई नै अगाडि सार्ने निर्णय ग¥यो। सहमति अनुसार भन्दै एमालेले  इच्छा नहुँदा नहुँदै पनि सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति दियो। 

सोडारीले  विश्वासको मत लिन बाँकी नै छ। सो पार्टीका केन्द्रीय अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री बन्ने र त्यसलाई कसैले रोक्न नसक्ने भन्दै ललकारेपछि एमाले  विश्वासको मत दिनबाट हच्किई रहेको छ। त्यस कारण विश्वासको मत लिनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक समेत अनिश्चिकालका लागि स्थगित भएको छ। एमाले सहमति नजनाए मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना छैन। त्यसैले मुख्यमन्त्री नियुक्त भएका सोडारीले न मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन। त्यसैले अहिले उहाँ अलपत्र अवस्था हुनुहुन्छ। 

त्यसै गरी कोसी प्रदेशमा भने नेकपा एस घरको न घाटको अवस्थामा रहेको छ। केदार कार्की मुख्यमन्त्री रहेको सरकारलाई ढल्नु अघि सम्म समर्थन गरेका एसका ४ सांसद अहिले ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्ता भएका छन्। किन भने एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसद नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीको पक्षमा देखिएका छन् । कार्कीलाई विश्वासको मत लिनका लागि अरु पाटीका सदस्यको आवश्यकता छैन। त्यसैले कोसीको समीकरणमा नेकपा एस रिसाउनु र खुसाउनुले तत्कालको गठबन्धनलाई कुनै फरक पर्ने देखिँदैन। सत्ता गठबन्धनमा भएको एस धेरै फुर्तीफार्ती लगाएपछि अहिले घरको न घाटको अवस्थामा पुगेको छ। अर्थात् न सरकारमा सामेल हुने अवस्था छ न प्रतिपक्ष बस्ने अवस्था छ। तर अघिल्लो दिन सम्म कांग्रेसको साथमा रहेका नेकपा एस कोसी संसदीय दलका नेता  राजेन्द्र राईले आफ्नो दललाई सरकारमा सहभागि नगराएको भन्दै गरेको गुनासो  सार्वजनिक भएको  छ 

कोसीमा एमाले माओवादीबिच आन्तरिक मनमुटाब भने नयाँ होइन। गएको असार २० गते हिक्मत कार्की नेतृत्वको सरकार १ मत नपुगेर बाहिरिएको थियो। जब कि त्यो बेला ४ सदस्य रहेको एसले एक मत मात्र कार्कीलाई दिएको भए त्यो सरकार  जोगिने थियो ।  कोसीको राजनीतिमा एसले लगाएको यो बैगुनले एमालेलाई जहिल्यै पनि झस्काउने गरेको छ। कोसीमा  एमालेलाई चाहिने १ मत नदिए पनि एमालेले भने सुदूरपश्चिम ४ सिट  भएको माओवादीलाई १० सिट भएको एमालेले मुख्यमन्त्री बन्न समर्थन दिएको छ।  

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १ : ३३ बजे