यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

 रविलाई संसद्मा बोल्न दिन काँग्रेसले राख्यो हैसियतको शर्त 

काठमाडौँ । नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा  भनाइ राख्न हैसियत परिवर्तनको सर्त अगाडि सारेको छ। सो पार्टीले  उप तथा गृहमन्त्रीको हैसियतमा बोल्न दिन अस्वीकार गरे पनि रास्वपा सभापतिको हैसियतमा भने स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको काँग्रेस संसदीय दल बैठकले सो लामिछानेलाई   रास्वपा सभापतिको हैसियतमा  संसदमा भनाई राख्न दिने निर्णय गरेको हो । 

काँग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसद्को रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहनु भएको थियो  । काँग्रेस बैठकले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरेको एक नेताले बताए ।

संसद्को बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदै छ । आजको प्रतिनिधिसभा बैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भनिएको थियो । रविसँगै अन्य शीर्ष नेताहरूलाई पनि बोल्न दिने निर्णय काँग्रेसले लिएको छ।  

 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ११ : २१ बजे