यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौँ- अशोक राई

काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको सिकार मुलुक हुनु हुँदैन भन्दै नयाँ दल बनाएको बताउनुभएकाे छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउँदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाउनुभएको छ ।

उहाँले आफूहरू अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताउनुभयाे ।

राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउँदै पारदर्शिता समेत नहुने गरेको बताउनुभयाे । उहाँले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफूहरूले यस्तो कदम चालेको बताउनुभएकाे छ ।

अमेरिका जानु अघि उपेन्द्र यादवले पार्टीको विधान विपरीत निर्वाचन समिति बगठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उहाँले बताउनुभयाे ।

जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंवैधानिक रहेको बताउँदै अदालत जाने बताउनुभएकाे छ ।

  

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : ४१ बजे