यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त,आजै सपथ हुने

विराटनगर ।  कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।  बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 नेकपा माओवादी केन्द्र र एमालेका ५२ प्रदेशसभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।  कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेशसभाका ५२ सदस्यको हस्ताक्षरसहित दाबी गर्नुभएको थियो । 

प्रदेश प्रमुखको कार्यालयमा सांसदहरुको सनाखत गरेपछि कार्कीलाई खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँको शपथ ग्रहण केही बेरमै हुनेछ। आजै कार्कीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने सम्भावना छ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  २ : १२ बजे