काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।
कांग्रेसले आज अपराहन्न २ बजेदेखि बस्ने भनेको संसदीय दलको बैठक शुक्रबार बिहान साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने गरी स्थगित भएको हो ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको वैशाख २५ गते असामयीक निधन भएको र उहाँको आज अन्त्येष्टि गरिने भएकाले बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार ११ : ३६ बजे
प्रतिक्रिया