यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान

कोशी प्रदेश प्रर्मुख परशुराम खापुङले नयाँ सरकारकाे लागि अाहह्वान गर्नु भएकाे छ । उहाँले काेशी  नयाँँ मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपरान्ह ५:०० बजेभित्र आफ्नो दावी पेस गर्न आह्वान गर्नुभएको हाे ।   नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएसँगै सोही उपधाराअनुसार चयन भएका बहालवाला मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन् । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले बुधबार संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आह्वान गर््नुु भएकाे हाे ।

सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।संसदको यो कार्यकालमा योसहित सरकार गठनको छैटौं पटक सरकार गठनको आव्हान भएको हो । यसअघि कोशीमा २ पटक हिक्मत कार्की, २ पटक उद्धव थापा मुख्यमन्त्री बनिसक्छनु भएकाे छ । केदार कार्की असोज २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीमा दाबी गर्न  प्रदेशसभाका जोसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन् ।सरकार गठनको आव्हान भएलगत्तै एमाले-माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेेेेेका छन् । 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १० : ४९ बजे