गृहमन्त्रीलक्षित छानबिन समितिको मागमा काँग्रेसको अडान कायमै

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध छानबिन गर्न संसदीय समिति गठन गर्नु पर्ने मागमा  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस अडिग बनेको छ । 
 
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको नाम आएकाले छानबिन गर्नु पर्ने आफ्नो अडान काँग्रेसले दोहोर्‍याएको हो । 

सहकारीको रकम अपचलनको विषय र मन्त्री लामिछानेले संसद्बाट बोल्न पाउनुपर्ने माग राखेकोबारे पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तह बैठकमा कुरा उठान भएको थियो । 

बैठकले पार्टीको अडानबाट पछि नहट्ने निर्णय गरेको हो । यसैबीच संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न काँग्रेसले बिहीबार दिउँसो २ बजे संसदीय दलको बैठक समेत आह्वान गरेको छ।
 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : २२ बजे