सभामुखलाई रवि लामिछानेको पत्र – ‘संसदमा यथासक्य छिटो बोल्न पाऊँ’

​​​​​​​काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने माग गर्नुभएको छ  ।

मंगलबार सभामुख देवराज घिमिरेलाई पत्र लेखेर उहाँले संसदको आकस्मिक, शून्य र विशेष समयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने माग गर्नुभएको हो । 

संघीय संसदको अघिल्लो अधिवेशनमा आफूले सम्हालेको गृह मन्त्रालयका विषयमा सांसदहरुले सोधेका प्रश्नको जवाफ संसदमा उत्पन्न गतिरोधका कारण दिन नपाएको उहाँको भनाइ छ ।

यसले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लंघन भएको उपप्रधानमन्त्री लामिछानेले लेख्नुभएको पत्रमा उल्लेख छ ।

गृहमन्त्री लामिछानेले आफूविरुद्ध कुनै पनि विषयमा उजुरी, जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट दिएको पत्र पनि सभामुखलाई बुझाउनुभएकाे छ ।

 

 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : ५४ बजे