यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

पोखरामा तुवाँलोले जनजीवन प्रभावित

पोखरा । पोखरामा वायु प्रदूषण अत्यधिक भएपछि यति बेला पोखराको आकाश धुम्मिएको छ । तापक्रमसमेत बढेको छ । पोखरा १७ मा रहेको हिमालय आँखा अस्पतालमा आँखाको समस्या लिएर पुग्नेहरू पनि थपिएका छन् । नेत्र चिकित्सक इन्द्रमान महर्जनले एक हप्तादेखि आँखाको एलर्जी र आँखा पोल्ने समस्याका बिरामी बढेको बताउनु भयो ।

गत हप्तादेखि आँखा पोल्यो भनेर आउनेको सङ्ख्या बढेको छ,’ महर्जनले भन्नु भयो  । यो दिनमा सरदर सय जना यस्ता बिरामी आएको उहाँको भनाइ छ । 

तुवाँलोका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने यात्रुले समेत सास्ती पाएका छन् । केही दिनदेखि पोखराको आकाशमा नियमित उडान हुन सकेको छैन । दैनिक ३३ फ्लाइट हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले २०, यतिले १० र श्री एयरलाइन्सले ३ वटा उडान गर्दै आएका छन् । तर, एक हप्ता देखि नियमित  फ्लाइट  भएका छैनन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको हेल्पडेक्सले  एक हजार मिटरमात्र भिजिबिलिटी रहेको जनाएको छ । हावामा प्रदूषणको मात्रा बढ्दा कुहिरो लाग्ने, हावाको चाप बढ्दा भिजिबिलिटी कम हुने समस्या देखिएको छ । एक हप्तादेखि समयमा उडान नहुँदा बिहान एयरपोर्ट पुगेका यात्रु दिनभरि पर्खेर फर्किन बाध्य भएका छन् ।

अन्तर्राष्ट्रिय वायु जाँच संस्था ‘आइक्युएयर’को तथ्याङ्कले पनि पोखरामा प्रदूषणको दर उच्च देखाएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स एक्वुआई मा मापन गरिन्छ । वायु गुणस्तर सूचकाङ्क जति कम भयो, उति राम्रो हो ।

पोखरामा वैशाख  एक्युआई पुन बढ्यो १ सय ८५ एक्वुआई भयो । पोखरामा प्रदूषण ह्वात्तै बढेर २ सय १४ एक्वुआईसम्म पुगेको छ । आइक्युएयरले स्याटलाइटको माध्यमबाट संसारभरिका सहरहरूको हावाको गुणस्तर मापन गरेको पोखराको यो तथ्याङ्कले अवस्था अस्वस्थकर रहेको पुष्टि गर्छ ।
एक्वुआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २०० सम्म पुगे अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि जानुचाहिँ घातक ठानिन्छ ।

गण्डकी प्रदेशमा ४६७  ठाउँमा डढेलो लाग्दा वायु प्रदूषण ह्वातै बढेको छ । जसका कारण  घर बाहिर निस्कँदा आँखा पोल्ने शरीर चिलाउने जस्ता समस्या आएको पोखरा २ मिरुवाका कर्ण बहादुर बस्नेतले बताउनु भयो । 

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ३९ बजे