यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

मे दिवसको कार्यक्रम सार्वजनिक गर्न जिफन्टले भोली पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैशाख १९ गते मनाउन लागिएको ‍अन्तराष्ट्रिय श्रमिक दिवस (मे दिवस) का कार्यक्रम सार्वजनिक गर्न सोमबार ९१७ गते० पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।  

जिफन्ट महासचिव लक्ष्मण शर्माका अनुसार पुतलीसडकस्थित आफ्नै केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना हुनेछ । 

सो अवसरमा जिफन्टले नेपाली श्रम बजारको अवस्थाबारे गरेको अध्ययन प्रतिवेदन समेत सार्वजनिक गर्ने भएको छ ।  

वर्तमान गठबन्धन सरकारले नेपाली श्रमिकहरूप्रति लिएको नीतिबारे जिफन्टले  सोही पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : २५ बजे