महोत्तरीमा भीषण आगलागी हुँदा सय बढी घर जले

महोत्तरी । ​​​​​​​महोत्तरीको मटिहानी नगरपालिका ६ मा पर्ने जरलहवा बस्तीमा भीषण आगलागी भएको छ ।

महोत्तरीको मटिहानीमा बुधबार विहानैदेखि भीषण आगलगी हुँदा सय बढी घरहरू  जलेका छन् ।  

मेयर हरिप्रसाद मण्डलका अनुसार बस्तीका सय घर जलेर नष्ट भएको छ। अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आउन नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको उहाँले जानकारी दिनुभयाे।

बस्तीमा रहेका प्रायः घरधुरीमा रहेको अन्न, लुगाफाटा आगलगीमा जलेर नष्ट भएको मण्डलले बताउनुभयाे ।

आगलागीलाई नियन्त्रणमा लिनका लागि नगरपालिकाको वारुणयन्त्रसहित , वरिपरीका पालिकाहरू, जलेश्वर, गौशला, रामगोपालपुर र जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रहरूले आगो निभाउने प्रयास भइरहेको छ ।

अहिले घटना स्थलमा पुगेर स्थानीयको साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरूको व्यापक उपस्थितिमा आगोलागी नियन्त्रण गर्ने प्रयास जारी छ। 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ४ : १९ बजे