वीरगञ्ज । पर्साको जिल्लाको छिपहरमाई गाउँपालिका–१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ ।
भलुवहिया टोलसँग सीमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।
भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केही घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो ।
आगलागीबाट भएको क्षतिबारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ ।
प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार ७ : ५९ बजे
प्रतिक्रिया