पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु

दैलेख । नारायण नगरपालिका–११ ओडारेस्थित कट्टीखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु भएको छ । 

सुर्खेत चिङगाड गाउँपालिका–५ चाँदनी घर भएका २२ वर्षीय हिमाल जिसीको बुधबार दिउँसो  पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  २ : ०३ बजे