सल्यानमा यात्रुबाहक बस दुर्घटना : १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

 रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १२ : ०५ बजे