भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

राप्रपाको जनप्रदर्शनमा घाइते भएका डाँगीको निधन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते हुनुभएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहनुभएका डाँगीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा उहाँ घाइते हुनुभएको थियो । आन्दोलनकारीलाई हटाउनेक्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको थियो ।

डाँगीलाई आज मध्याह्न १२ बजे राप्रपा पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ११ : १९ बजे