भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

रुपन्देहीका बस्नेतलाई चिठ्ठामा पर्यो डेढ करोडको घर 

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ ड्राइभरटोल निवासी ३९ वर्षीय योगेन्द्र बस्नेत नयाँवर्ष २०८१ साललाई विशेष बनाउन श्रीमति र छोरीको साथमा बैशाख १ गते पोखरामा रमाइरहनुभएको थियो ।

पोखराको होटलमा खाजा खाइरहेका बेला रुपन्देहीको तिलोत्तमास्थित एनजी मार्केटले खुलाएको ग्राहक विशेष योजनामा बस्नेतलाई डेढ करोड बराबरको घरको चिठ्ठामा परेपछि उहाँलाई खुसीको सीमा छैन ।

रुपन्देहीको क्रिमसन कलेजमा अध्यापक रहनुभका बस्नेतले यो विशेष उपहार पाउँदा आफै त्यो कार्यक्रममा नरहेपछि सहभागी आश्नचर्यमा थिए। बस्नेतलाई उपहार दिने एनजी मार्केटका अध्यक्ष, प्रबन्धक र कर्मचारी कसैलाई उहाँले चिन्नु हुन्र तर एउटै पालिकामा रहेको यो मार्केटमा उनी आवश्यक सामान खरिद गर्न गइरहनुहुन्थ् यो ।

एनजीले आफ्ना १ हजार भाग्यशाली ग्राहकलाई लक्की ड्र मार्फत उपहार दिने योजना अन्र्तगत बैशाख १ गते शनिबार साँझ पहिलो पुरस्कारवाफत दिइने घरको लक्की ड्र खोलेको थियो ।

कार्यक्रममा सहभागीमध्ये सबैभन्दा कम उमेरका बालकबाट कुपन राखिएको बाकसबाट घोलेर कुपन झिक्ने र सहभागीमध्येबाट सबैभन्दा ज्येष्ठ सदस्यबाट त्यो कुपनको नम्बर नाम वाचन गरिएको थियो । ती बालकले कुपन निकालेर ज्येष्ठ सदस्यले पढ्दा योगेन्द्र बस्नेतको नाममा रहेको कुपन नम्बर ०४००९८ सार्वजनिक भएको हो । यो कुपनमा उनको नाम र नम्बर कार्यक्रम संचालक खेमराज रेग्मीले पढेपछि पत्रकारले बस्नेतलाई सम्पर्क गरी सोधेका थिए । पोखराका हल्लाखलमा रहेका बस्नेतले एकछिन अलमल पर्नुभयो । उहाँले एनजी मार्केटमा आफू नियमित ग्राहक भएको र यो सूचनाले आश्चर्यमा पारेको बताउनुभयो । ‘खुसी नलाग्ने त कुरै भएन, म एनजी मार्केटको नियमितजसो ग्राहक हो, तर यति ठूलो राशीको कुपन आफूलाई पर्ने आश थिएन, म अहिले पोखरामा छु परिवारसहित घुम्न आएको हुँ, पर्केर आएपछि सम्झौता गर्नेछु’ उहाँले भन्नुभयो। 

रुपन्देहीको मणिग्राम नजिकै साढे २ बिगाहमा करिब २ अरब लगानीमा यहाँका पुराना व्यवसायी नारायण बन्जाडेको परिवारले एनजी मार्केट संचालन गरेको हो । विदेशमा पढेर आएका उहाँका छोरा आभास बन्जाडे र नारायणकी श्रीमति गिता बन्जाडेले पूरा समय साथ दिएर यो व्यवसायलाई अगाडि बढाउनुभएको छ । कोरोना महामारीको संकटको समयमा सुरु गर्न थालिएको यो योजना अनुसार चल्न नसकेपनि गतवर्षदेखि नै बन्जाडे परिवारले अगाडि बढाएको हो । 

एनजी मार्केटका प्रबन्धक आभासका अनुसार १ हजार ग्राहकलाई ग्राण्ड ओपनिङमा पुरस्कार बाँड्नेगरी योजना बनाएपनि अहिले निर्माणको सबै काम नसकिएकाले पहिलो चरणमा सबैभन्दा ठूलो उपहार बाँडिएको अरु सबै पुनः बाँडिने छ । ‘निर्माण र अरु तयारीका काम सबै सकिएको छैन, सबै काम नसक्दै ग्राण्डओपनिङ गर्न पाइएन, त्यही कारणले अहिले पहिलो पुरस्कार घर बाँडिएको हो’ उहाँले भन्नुभयो ।

कम्पनीले तिलोत्तमा नगरपालिका वडा नं ७ स्थित एनजी आवास गृहमा १० धुरमा बनेको साढे दुई तलाको घर सबै फिनिसिङ गरेर दिइने अध्यक्ष नारायण बन्जाडेले बताउनुभयो । ‘हामीले उपहार पाउने व्यक्तिको नाममा जग्गा पास गरिदिएर, सबै प्रकृया पूरा गरेर घर निर्माण गरिदिने हो, घरको सबै नमुना पहिले नै हामीले सार्वजनिक गरेका छौं, डेढ करोड लागतको घर सबै फिनिसिङ गरेर दिने हो, उहाँलाई जग्गा पासको रजिष्ट्र्ेशन रकम मालपोतमा दिनेबाहेक अरु केही लाग्नेछैन ’ उहाँले भन्नभयो । 

शनिबार पहिलो पुरस्कार पाएपछि अध्यक्ष नारायण बन्जाडेले योगेन्द्र बस्नेतलाई कुपनमा भएको नम्बर हेरेर फोन गर्दै बधाई दिएर छिट्टै सम्झौता गर्न बोलाउनुभयो। जवाफमा बस्नेतले आफू केही दिन घुम्नका लागि परिवारसहित पोखरा आएको र फर्केपछि भेट्ने बताउनुभएको थियो। 

कम्पनीले १ हजार ग्राहकलाई लक्की ड्र बाट दिने उपहारमा पहिलो पुरस्कार घर १ जनालाई दिएपनि बाँकी किया ब्राण्डको कार १ जनालाई दोस्रो, रोयल इनफिल्ड ३५० सीसीको बाइक १ जनालाई तेस्रो, भेस्पा स्कुटर १ जनालाई चौथो, १ टनको एसी १५ जनालाई, फ्रिज १५ जनालाई, वासिङ मेसिन १५ जनालाई, ५५ इन्चको टेलिभिजन २५ जनालाई, १२५ जनालाई राइस कुकर र ८०१ जनालाई आइरन दिने घोषणा गरिसकेको छ ।

कम्पनीले यहाँबाट ५ हजारभन्दा माथिको सामान खरिद गर्दा दिने कुपनमा नाम र नम्बर लेखेर बाकसमा राखिदिने गरेको छ । तर यो उपहारमा कम्पनीमा रहेका कोही आफन्त र कर्मचारी सहभागी हुन नपाउने जनाइएको छ ।

एकल लगानीमा एजनी मार्केटले एकै छानामुनि सबै प्रकारको वस्तु खरिदका लागि देशमै ठूलो लगानीमा कम्पनी खोलेको दावी गर्दै ग्राहकका लागि यति ठूलो पुरस्कार रकम पनि देशमै पहिलो भएको जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ९ : ५४ बजे