भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सुदूरपश्चिमको घटालमा आज धामीले बालुवा खाएर मनाउँछन् विसु जाँत

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं –३ मा अवस्थित घटालथानमा आज ‐आइतबार ) विसु जाँत मनाइँदै छ । सुदूरपश्चिमै प्रसिद्ध शक्तिपिठका रूपमा रहेको घटालथानमा धामीले बालुवा खाने र घडाबाट पानी खाने गरेको प्रत्यक्ष देख्न सकिन्छ । हरेक वर्ष वैशाख २ गते घटालजाँत हुने गरेको छ । 

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ । 

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बीचको धर्मयुद्धमा भीमपुत्र  घटोत्कचले ठुलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेना माथि धावा बोलेर ठुलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

लडाइ मैदानमा वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको जनविश्वास रहिआएकाे छ । उनै भीम पुत्र घटोत्कच नै घटाल भएको जनविश्वास गरिँदै आएको छ । यस क्षेत्रमा खडेरी भए घटालथानमा बाजा गाजाका साथ हलो लैजाने र पानी पर्ने गरेको स्थानीय शिवराज अवस्थी बताउनु हुन्छ । घटालथानमा गएर आफूले चिताएको कुरा मागेमा मनोकामना पूरा गरिदिने जनविश्वास रहिआएको छ। किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ । 

यस वर्ष पनि घटालजाँत धूमधामसँग मनाइन लागेको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताउनु भयो ।  

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : २७ बजे