झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

आरती साहकी सासू रेणुदेवी जनकपुरबाट पक्राउ

काठमाडौं । धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उहँकी सासू रेणुदेवी साह पक्राउ पर्नुभएको छ । प्रहरीले आज उहाँलाई जनकपुरबाट पक्राउ गरेको हो ।

आरती साह गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका-९ थापाचोक स्थित श्रीमानको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।आरतीका परिवारले दाइजो माग्दै आरतीको हत्या भएको दावी गर्दै आएका छन् ।

आरतीको माइती पक्षले उनका श्रीमान मोतिबाबु, ससुरा मदनमोहन, सासू रेणुदेवी र देवर रवि साहविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् ।

गत असार ३ गते जिल्ला अदालत धनुषाले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालत जनकपुरले प्रमाण नपुगेको भन्दै असोज १८ गते आरतीका श्रीमान मोतिबाबु र ससुरा मदनमोहनलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो।

त्यसपछि आरतीका माइती पक्ष सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले मंसिर २० गते आरतीका श्रीमान मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : १५ बजे