झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

सर्दीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु 

नवलपुर । नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा आज दिउसो भएको टिप्पर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गैंडाकोट नगरपालिका –१३ बेल्डिहा बस्ने २७ वर्षीय  बलिराम महतो रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी साजन शर्माले जानकारी दिनुभयो । 

पाल्पाबाट  होङसी सिमेन्ट कम्पनीको  चुनढुङ्गा लोड गरी आँउदै गरेको लु १ क ५२८१ नम्बरको टिप्पर बिनयी त्रिवेणी – ३ सालघारी स्थित भित्री सडक खण्डमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको सूचना अधिकारी शर्माले बताउनुभयो । 

दुर्घटनमा परेर चालकको घटना स्थलमै मृत्यु भएको शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : ३३ बजे