झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

जसपा सांसद मञ्‍जु शर्मा अन्सारीको निधन

काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।

उहाँको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मनुभएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य हुनुभएको थियो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा उहाँ सांसद हुनुभएको थियो ।

सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गर्नुभएको छ ।

२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गर्नुभएको उहाँ सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज हुनुभएको थियो ।

उहाँ हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य हुनुहुन्थो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : ४३ बजे