नेपालगन्ज । बाँकेमा एक जना मृत भेटिएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ९ स्थित जंगलमा एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक अन्दाजी ५५/६० वर्षको पुरुष रहेको स्थानीयले बताएका छन् । उनको पहिचान खुल्न सकेको छैन । प्रहरीले बाघको आक्रमणमा परी मृत्यु भएको आशंका गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार ९ : ४६ बजे
प्रतिक्रिया