झ्याप्लेखोलाबाट २५ शव निकालियो

भोजपुरको हतुवागढीमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यू

टक्सार (भोजपुर) । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

हतुवागढी गाउँपालिका  वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले राससलाई जानकारी दिनुभयो । आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ८ : ४२ बजे