झापा । झापाको भगवती लेमिनेट्स प्रालिमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।
आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आगलागी भएको तीन घण्टा भइसक्दा समेत आगो नियन्त्रणमा आएको छैन । अहिले भित्रि भागमा आगो बलिरहेको छ । सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन् । भगवती लेमिनेट्स झापाकै ठूलोमध्येको प्लाइउड उद्योग हो ।
प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ९ : ३५ बजे
प्रतिक्रिया