झ्याप्लेखोलाबाट २५ शव निकालियो

टिकट लिन अस्पतालमा लाइन बसेका बिरामी युवकको मृत्यु

मकवानपुर । चितवनको ‘बकुलहर रत्ननगर अस्पताल’ मा आज (आइतबार) बहिरङ्ग सेवाको टिकट लिन लाइन बसेका एक बिरामीको युवकको पालो कुर्दाकुर्दै मृत्यु भएको छ ।

आइतबार बिहान मुटु जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका– ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको हो । टिकट पाउन धेरै बेर कुर्नुपर्ने भएकाले आज बिहान १० बजे नै अस्पताल पुगेर लाइन बसेको आधा घण्टापछि उनी अचानक बेहोस भएर ढलेका थिए ।

तुरुन्त उठाएर उनलाई अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा मृत्यु भइसकेको अस्पताल प्रशासनले बताएको छ । अस्पतालका डाक्टरहरुले थापामगरको हृदयाघात भएर मृत्यु भएको अनुमान गरेका छन् । शनिबार रातिदेखि मुटु दुखेपछि उनी मोटरसाइकलमा एक्लै अस्पताल गएको पारिवारिक स्रोतलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ३ : २० बजे