झ्याप्लेखोलाबाट २५ शव निकालियो

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (तस्वीरसहित)

काठमाडौं। आज महाशिवरात्रि पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ। पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ।

पशुपतिनाथमा बिहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थीले अहिले धमाधम दर्शन गरिरहेका छन् ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ ।

शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आइपुगेका छन् । यसवर्ष २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

​​​​​​​

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १० : १९ बजे