झ्याप्लेखोलाबाट २५ शव निकालियो

हिउँमा फसेका आठजनाकाे हेलिकप्टरबाट उद्धार

जुम्ला । तातोपानी गाउँपालिका वडा नं.४ काे बजेडी पाटनको हिउँमा फसेका आठै जनाकाे सकुशल उद्धार गरिएको छ ।
बजेडी पाटनको धप्के ओडारमा केही दिनदेखि तातोपानी वडा नं.-७ र ८ का २ पुरुष र ६ जना महिला अलपत्र परेका थिए ।

जडीबुटी सङ्कलनका लागि पाटन गएका उनीहरू बाक्लो हिउँ जमेपछि पाटनमै फसेका थिए । दुई दिन अघि सम्पर्कमा आएर कुनै समस्या नरहेको बताएपनि बुधबार विहानबाटै पुन सम्पर्क विहीन भएका उनिहरुकाे सकुशल उद्धार गरिएको हाे ।
पटक पटकको सम्पर्कपछि उनिहरुले खाधन्न सकिएको हाे र ७/८ फिट हिउँ जमेकोले आउने स्थिति नभएको र स्वास्थ्यमा समस्या आएको भन्दै उद्धार गर्न माग गरेका थिए ।

त्यसपछि तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईकाे विशेष सक्रियता,जुम्लाका सबै सांसदको पहलपछि प्रदेशले हेलिकप्टर पठाएपछि सकुशल उद्धार गरिएको हाे ।

तीन पटक गरेर हेलिकप्टर मार्फत तातोपानी-८ मुछालदेउका अत रावत,संसार थापा,दिपा रावत, गोरी रावत,वडा नं ७ बारागाउँकी,हरिशाेभा रावत,शसिला रावत , गोरी रावत र जगमती रोकाया सकुशल उद्धार गरिएको गाउँपालिका प्रवक्ता  अमर बहादुर रोकायाले जानकारी दिनुभयाे ।

उद्धार गरि ल्याइएका सबैका कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा उपचार भइरहेको छ।
जिल्ला प्रशासन जुम्लाले उद्धारका लागि हेलिकप्टर पठाउनमा गृह मन्त्रालयमा पत्र पठाएपछि प्रदेशले खर्च व्यहाेर्ने गरि हेलिकप्टर पठाइएको हाे ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ८ : ४६ बजे