झ्याप्लेखोलाबाट २५ शव निकालियो

फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा आयो समस्या : चलिरहेका एकाउन्ट अचानक लगआउट

काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम  'डाउन' भएको छ।

मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम एक्कासि चल्न छाडेको हो।

नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्। 

प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ।

मेटाकै ह्वाट्सएप भने चलिरहेको छ । 

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ५९ बजे