झ्याप्लेखोलाबाट २५ शव निकालियो

भक्तपुरमा मृत भेटिएका ढकालको हत्यामा संलग्न एक जना पक्राउ

काठमाडौँ । भक्तपुरमा मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेल गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ढकालको हत्यामा संलग्न सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो । ढकाल ११ फागुनमा मृत फेला परेका थिए ।

प्रहरी निरीक्षक निर्मल थापाले ढकालको हत्यामा भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ का २९ वर्षीय सुवाल संलग्न रहेको बताए । सुवाललाई शनिबार काभ्रेपलाञ्चोक मण्डनदेउपुर- ६ बाट पक्राउ गरिएको उनले बताए ।

उनको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरिएको प्रहरी निरीक्षक थापाले बताए ।
 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : १५ बजे