झ्याप्लेखोलाबाट २५ शव निकालियो

पाटेबाघ मृत अवस्थामा फेला

वीरगंज  । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ रामभौरीभाठामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । दिपनारायण आर्दश स्कुलको ३०० मिटर पूर्व खाली खेतमा बाघ मृत अवस्थामा  भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीले जानकारी दिनुभयो । 

आज बिहान खेतमा बाघ मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी रंगपुर टाँडी, इलाका प्रहरी कार्यालय एकटाङ्गको टोली र वन कार्यालयको टोली घटनास्थलमा पुगेर मृत भेटिएको बाघको थप अनुसन्धान गई रहेको छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ५ : ५५ बजे