हिमालमा सन्निकट सङ्कट

यस्तो छ आजको विनिमय दर

आज ऋषिपञ्चमी पर्व मनाइँदै

प्रधानमन्त्री खोज्न उच्चस्तरीय समिति माग !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ ।

एमालेका सांसद सूर्य बहादुर थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने होकि भन्दै व्यङ्ग्य गर्नुभएको हो । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘लघुवित्त, सहकारी, मिटरब्याज पीडितहरु अहिले उपत्यकामा आउनु भएको छ, यस्तो अवस्थामा पनि सरकार जवाफदेही भएन । सरकार हरायो, प्रधानमन्त्री हराउनु भयो, प्रधानमन्त्रीको खोजी गर्न पर्‍यो । त्यसको लागि यो संसदले उच्चस्तरीय समिति बनाउनु पर्ने हो की संसद स्थगित गर्नुपर्ने हो की, कतिदिन समय चाहिने हो ।’

सभामुखले रुलिङ् गर्दा पनि प्रधानमन्त्री संसदमा नआएको भन्दै प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन कसले रोकेको भन्दै प्रश्न पनि उठाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘आगामी बैठकमा प्रधानमन्त्रीले जवाफदिने भनेर सभामुखले रुलिङ् गरेपनि आज प्रधानमन्त्री आउने खबर पाएका छैनौँ । यसरी हेर्दा सरकार संसदप्रति जवाफदेही नभएको देखिन्छ, बालकुमारी घटनामा दोषी करार भएका सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न, राजीनामा नगरे बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोेकेको छ ? यो संसदमाआएर जवाफ दिन कसले रोकेको छ ? ।’

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : ४८ बजे