काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको संसद बैठक अवरोध गर्ने भएको छ ।
दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै राप्रपाले शुक्रबारको प्रतिनिधिसभाको बैठक अवरोध गर्न लागेको हो ।
यसअघि फाल्गुन १३ गतेको बैठकमाराप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यस विषयमा धारणा राखेका थिए । दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित लगायतको समस्या समाधानका लागि सरकारले ठोस काम नगरे बैठक अवरोध गर्ने बताएका थिए ।
प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ११ : ३१ बजे
प्रतिक्रिया