काठमाडौं, १६ फागुन । नेकपा एमाले टोखा नगरकमिटीले फागुन २१ माशहिद दिवस मनाउने भएको छ । पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेरेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पोलिट व्युरो सदस्य गोकुल बास्कोटाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । शहिद परिवारलाई सम्मान गर्ने र भर्खरै सम्पन्न भएको तेस्रो वडा अधिवेशनबाट निर्वाचित सबै कमिटिलाई बधाई तथा प्रशिक्षण कार्यक्रम गर्ने योजना रहेको नगरकमिटी अध्यक्ष सत्यनारायण डंगोलले जानकारी गराउनु भएको छ । हरेक बर्ष फागुन २१ गते नगरकमिटीले शहिद दिवस मनाउदै आएको छ ।
झापाको सुखानीमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिस्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । झापाका विद्रोहीहरूलाई २०२९ कात्तिकमा प्रहरीले पक्राउ गरेर झापा जेलमा राखेको थियो । त्यतिखेर झापाली कम्युनिस्टले जमिनदारलाई सफाइ गर्ने अभियान ‘एक्सन’ अघि बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जङ्गलमा पाँचैजनालाई गोली हानेर हत्या गरिएको थियो । झापामा किसान विद्रोहको नाममा आतङ्क फैलाएको आरोपमा पाँचजना योद्धाहरू नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालको नृशंस हत्या गरेका थिए ।
प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ७ : ०४ बजे
प्रतिक्रिया