काठमाडौं । नेपालगञ्जकी भारती मानन्धरले विष सेवन गर्नुभएको छ ।
गुण्डा नाइके रिगल भनिने योगराज ढकालको समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती मानन्धरले आज विष सेवन गर्नुभएको हो ।
उहाँको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था स्थिर रहेको बताइएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।
पतिका हत्यारा रिगललाई राष्ट्रपतिले दिएको आममाफी विरूद्व भारती लड्नु भएको थियो । अन्तत: सर्वोच्च अदालतले संविधान दिवसको अवसरमा राष्ट्रपतिले रिगललाई दिएको आममाफी बदर गरिदिएको थियो ।
प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार ८ : ३४ बजे
प्रतिक्रिया