काठमाडौं। संसद भवनभित्र पसेपछि पक्राउ पर्नुभएका लघुवित्त पीडितहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
पक्राउ पर्नुहुनेमा ४८ जना महिला र एकजना पुरूष हुनुहुन्छ । पक्राउ परेकाहरू विरूद्व प्रहरीले मुद्वा चलाउने तयारी गरेको छ ।
प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार ७ : १८ बजे
प्रतिक्रिया