काठमाडौं । संघीय संसद् भवनमा लघुवित्त पीडित पसेको प्रकरणपछि संसद भवनमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।
प्रहरी प्रधान कार्यालयले ३२ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो । संसद भवनमा प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो ।
यस विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ ।
प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ९ : ४६ बजे
प्रतिक्रिया