हिमालमा सन्निकट सङ्कट

यस्तो छ आजको विनिमय दर

आज ऋषिपञ्चमी पर्व मनाइँदै

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत विपक्षी दलकाे अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे। 

सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए। सभामुखको आग्रहका बाबजुद सांसदहरू आसनबाट उभिइरहेपछि उनले बैठक स्थगित गरेका हुन्। 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ४५ बजे