काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभएको छ ।
आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले अहिलेको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभएको हो ।
विवादास्पद मन्त्रीहरूको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने उहाँले स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार ९ : २८ बजे
प्रतिक्रिया