प्रतिनिधिसभा : सांसदहरुले सदनमा उठाएका विषयमा गम्भिर बन्न ध्यानाकर्षण 

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिपक्षी दलका सांसदहरुले सदनमा उठाएका विषयमा गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । 
बैठकको आकस्मिक समयमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले बालकुमारी घटनादेखी विभिन्न भ्रष्टाचारका मुद्धामा जोडिएका मन्त्रीहरुलाई पदबाट नहटाएको, मिटरव्याजी पिडितको समस्या समाधान हुन नसकेको, किसानका समस्यामा सरकार गम्भिर बन्न नसेको बताउनुभयो ।

सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका विषयमा  ६ गतेदेखी नियमित रुपमा सरकारलाई रुलिङ गरिरहेको बताउदै संसदमका उठेका विषमा सरकार र सरकारका मन्त्रीहरु गम्भिर बन्नु पर्ने बताउनुभयो । 

बैठकको शुन्य समयमा सांसदहरुले संसदमा उठाएका विषयमा सरकारले ध्यान नदिएको, मिटर व्याजीको समस्या समाधान हुन नसकेका कारण पिडित आन्दोलनमा आउनु परेको, दुध किसानले समयमा भुक्तानी नपाउदा समस्या खेपिरहनु परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ११ : ४२ बजे