हिमालमा सन्निकट सङ्कट

यस्तो छ आजको विनिमय दर

आज ऋषिपञ्चमी पर्व मनाइँदै

गठबन्धन र सरकारको आयु कांग्रेसलाई सोध्नुस् : गृहमन्त्री

राजविराज  ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताएका छन् । सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले त्यस्तो बताएका हुन् । 

वर्तमान गठबन्धन र सरकारबारे सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, 'यो नेपाली कांग्रेसलाई सोध्नुस्' । प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको बताए ।उनले औचित्यपूर्ण ढंगबाट राजीनामा मागे राम्रो हुने सुझाव दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ५ : १८ बजे