काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम सांसद रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राखेको बताउनुभएको छ ।
विहीबार प्रतिनिधि सभामा बोल्दै उहाँले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भीर हुन आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘किसानको दूध र मह खेर गएको अवस्थामा पाउडरको दूध र नक्कली मह विदेशबाट आयात भईरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्छन् होसियार रहनुहोला ।’
उहाँले मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएको भन्दै सिंहदरबारले वार्ता र मिटरब्याजीहरुको समस्या समाधानको लागि ढोका खोल्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
भूमिहीन सुकुम्बासीहरुलाई चुनावी फन्डाका लागि भूमि दिने भनेर आश्वासन दिइएको भन्दै यसलाई चुनावी फन्डा होइन सुकुम्बासी आयोगले भूमिहीन आयोगले विशेष ध्यानदिनुपर्ने उहाँको भनाइ छ ।
प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार १२ : ५२ बजे
प्रतिक्रिया