काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज टोली प्रमुखले आ-आफ्नो राय दिने छन् ।
जारी बैठकमा प्रस्तुत अवधारणामाथि छलफल गरी निचोडमा पुर्याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ ।
बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको संगठनात्मक विषयमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो, जसमा नौ समूहमा विभाजन गरी छलफल गरिएको हो । समूहले आज प्रतिवेदनको निचोड सुनाउने भएको हो ।
प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार ७ : ४३ बजे
प्रतिक्रिया