हिमालमा सन्निकट सङ्कट

यस्तो छ आजको विनिमय दर

आज ऋषिपञ्चमी पर्व मनाइँदै

जनताका मुद्वाका लागि आवश्यक परे सडकबाटै दबाव दिने एमालेको तयारी

काठमाडौं । नेकपा (एमाले) ले जनताको मुद्दालाई टाढा राखेर बस्न नसकिने स्पष्ट पारेको छ ।

आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका क्रममा आएको जनताको सुझाव र समस्या सरकारलाई बुझाइसकेको बताउनुहुँदै जनताको मुद्दाहरूलाई ज्युँका त्युँ छाडेर एमाले टाढा बस्न नसक्ने बताउनुभएको हो ।

जनताको पक्षमा जनतालाई डेलिभरी दिने कुरामा प्रत्यक्ष सरोकार राख्ने कुराहरूमा केन्द्रित रहेर सिंगो देश र सरकारको ध्यानाकर्षण हुने गरी हामीले जनदबाब सिर्जना गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

सरकारलाई सदनबाट र आवश्यक परे सडकबाट व्यापक जनपरिचालनसहित दबाव दिइने उहाँको भनाइ छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : १२ बजे