साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मुख्यमन्त्रीका चुनावी कमाण्डर  रास्वपा प्रवेश 

कर्णाली । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माका चुनावी कमाण्डर युवा इञ्जिनियर मानबहादुर शाही अर्को पार्टीमा प्रवेश गरेका छन् । शाहीले रुकुम पश्चिम प्रदेशसभा ख बाट राजकुमार उम्मेदवार हुँदा चुनावी कमाण्डरको भूमिका निर्वाह गरेका थिए । 

तर, राजकुमार शर्मा मुख्यमन्त्री भएपछि शाही रास्वपामा प्रवेश गरेका छन् । उनलाई रास्वपाले कर्णाली प्रदेश समितिअन्तर्गत योजना तथा नीति तर्जुमा विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

शाही राजकुमारले मुख्यमन्त्री भएको केही सातासम्म उनको सचिवालयमै रहेर स्वयंसेवकका रूपमा काम गरेका थिए । केही दिनअघि मुख्यमन्त्री राजकुमार शर्माले गैरमाओवादी आफ्नै भिनाजु भरतकुमार शर्मालाई प्रमुख प्रशासनिक सल्लाहकार र सचिवालयका अन्य पदमा पनि आफ्नै आफन्तलाई नियुक्त गरेका थिए । 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : ५९ बजे