काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदबाट हटाउन माग गरेको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका सांसद दीपकबहादुर सिंहले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनले बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखिएकाले उहाँलाई पदबाट हटाउन माग गर्नुभएको हो ।
उहाँले देशमा न्याय मरिसकेको टिप्पणी गर्नुहुँदै मन्त्री ज्वालालाई पदबाट हटाउन माग गर्नुभएको थियो ।
यसअघि बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्नुभएको थियो ।
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार १२ : ४२ बजे
प्रतिक्रिया