काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उहाँहरु अलपत्र परेकाले कूटनीतिकमार्फत् उहाँहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
साथै उहाँले रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको मृत्यु भएको जानकारी दिनुभयो । सांसद अर्यालले रुसी सेनामा भर्ती भएका एक हजार नेपाली घाइते भएका र पाँच हजार नेपाली रुसी सेनामा भर्ती भएको बताउनुभयो ।
उहाँले उक्त तथ्यांक अपुष्ट भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार १२ : ४० बजे
प्रतिक्रिया